बुधबार, वैशाख १०, २०८२

५ अंकले नेप्से बढ्दा १ अर्ब ८ करोडको कारोबार

नेपालखोज २०७९ वैशाख १४ गते १६:२८

काठमाडौं । नेप्सेमा सामान्य अंकले सुधार आएको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने पाँँच दशमलव १७ अंकले बढेर २३ सय ७६ दशमलव १७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले बढेर चार सय ५४ दशमलव ५६ अंकमा चढेको छ ।

दुई सय २८ कम्पनीको २३ हजार पाँच सय ३४ पटकको कारोबारमा २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिद–बिक्री भए । जसमध्ये कुल कारोबार रकम एक अर्ब आठ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा चार समूहको सूचक घटेर बाँकीको बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ८५ अंकले घटेर १५ सय ८६ दशमलव ५८ अंकमा झरेको छ । लघुवित्त, ट्रेडिङ र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् ।

विकास बैंक समूहको सूचक भने आज ७५ दशमलव एक अंकले बढेर चार हजार दुई सय चार दशमलव ९७ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक १४ अंकले बढेर २६ सय ९४ दशमलव १९ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक ३० दशमलव ६९ अंकले बढेर १७ हजार सात सय ४२ दशमलव ३७ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक शून्य दशमलव २४ अंकले बढेर १२ हजार सात सय ४१ दशमलव एक अंकमा चढेको छ । यीबाहेक फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार तीन सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सानिमा इक्विटी फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ८८ प्रतिशतले घटेर १२ रुपैयाँ ८७ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय २२ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड २१ लाख १३ हजार तीन सय ३२ रुपैयाँँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया