शाखा प्रमुखहरुको बृत्तिविकासका लागि आशा लघुवित्तको लगानी व्यवस्थापन तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । फाल्गुन २३ र २४ गते भक्तपुरको बोडेमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित २५ वटा शाखा कार्यालयहरुमा कार्यरत २५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा लगानी ब्यवस्थापन सम्बन्धी विषयमा मेघ राज गजुरेलले प्रशिक्षण दिएका थिए ।
साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी प्रशिक्षण दिएका थिए ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ नुवाकोटको ककनी – ६ मा कार्यालय स्थापना गरी २०७३ देखि काम गरिरहेको छ । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५३ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको यो संस्थाको हालसम्म करीब रु. २ अर्ब ३० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६७ करोड भन्दा बढी निक्षेप संकलन गरेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया