होली पर्व लक्षित उपत्यकामा ७६ वटा चेकिङ प्वाइन्ट
काठमाण्ण्डौ । काठमाण्डौ उपत्यकाभित्र मनाइने होली पर्वलाई लक्षित गरेर उपत्यका ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। होली पर्वमा हुन सक्ने विभिन्न दुर्घटनालाई रोकथाम र नियन्त्रण गर्नको निम्ति प्रहरीले यस्तो योजना लागू गरेको हो ।
राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएको छ।
उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोाबाइल चेकिङ गरिने महाशाखाले जनाएको छ ।
‘मुख्यतय उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरी तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरी गरी जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, हेलमेट नलगाई दुईपांग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाइ गरेर चलाउनेलाई कारबाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरूलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया