स्थापितलाई विस्थापित गर्नैपर्छ !

राजधानी महानगरको मेयरको पदमा नेकपा एमालेको टिकटमा उमेदवारी दिएका केशव स्थापितका भ्रष्टाचारमुखी, असभ्य हर्कतहरू देख्दा उनले महानगरका प्रबुद्ध मतदाताहरूलाई केपी ओलीजीले हाँक्ने भेडा-बाख्राको बथान ठानेका छन् जस्तो लाग्दछ । स्थापितलाई निम्न अपकर्महरूका लागि दण्डित गर्दै भारी मतले हराउँनु पर्दछ । आगे जनता जनार्दनको विवेकको परीक्षण !
१. स्थापितले यस अघि मेयर हुँदा महानगरका अनेक स्मारक-स्थल र खुल्ला जग्गा उनका हितैषी व्यापारीहरूलाई कौडीको मोलमा पचासौं वर्षका लागि लिजमा दिई पदको दुरुपयोग गरेका थिए ।
२. यिनीमाथि अख्तियारले छानबिन गरि कारबाही चलाएको थियो ।
३. यिनको शब्दकोशमा निष्ठा भन्ने शब्द नै छैन । पार्टी फेर्नमा उस्ताद यिनी राजा ज्ञानेन्द्र शाहका प्यादाका रूपमा पनि महानगरको मेयर भएका थिए ।
४. तत्कालीन गृहमन्त्री वामदेव गौतमसँगको मिलेमतोमा एयरपोर्टबाट सुन-तस्करीको लाइन निर्माण गर्नेमा एक हस्ती यिनी पनि थिए भन्ने आरोप लाग्दै आएको छ ।
५. नेता मदन भण्डारीकी विधवा, हालकी राष्ट्रपति विद्यादेवीको सेतो साडीमा गोबर र अबिर दलेर नेपाली कांग्रेसलाई बदनाम गराई २०५० सालमा भएको काठमाडौ क्षेत्र १ को उपचुनाव जिताएको दावी सगर्व गरेर यिनले मानवीय मर्यादाका सबै सीमाना भत्काइदिएका छन् । यसबाट आफ्नो र आफ्नो गुटको स्वार्थसाधनका लागि पतनको गहिरो गर्तमा गिर्न पनि यी व्यक्ति तयार छन् भन्ने प्रमाणित हुन्छ ।
६. यिनीमाथि यौन हिंसाको आरोप लागेको छ तर यिनले त्यो आरोपबाट सफाइ लिन सकेका छैनन् ।
७. यिनको बोली-वचन, आचार-व्यवहार सबैमा एक प्रकारको ढीटता, अहंकार र सामुन्नेको व्यक्ति वा व्यक्तिहरूलाई नीचा देखाउँने सामन्तीपना झल्किन्छ । यिनले कतिपय अवसरमा मन नपरेको मानिसलाई पिटिदिनसक्ने धम्कीको भाषा बोलेका छन् ।
८. यिनले त्रिशंकु संसदका समयमा आफ्नो दलको सरकार बनाउँनका लागि संसद-सदस्यहरूलाई होटेलमा जम्मा पारी सुरा र सुन्दरी सप्लाइ गरेको कुरा सगर्व सुनाएका छन् ।
समग्रमा केशव स्थापित महानगरको मेयर हुन लायक छँदै छैनन्! यिनलाई विस्थापित गर्नै पर्दछ ।
प्रतिक्रिया