आइतबार, वैशाख ७, २०८२

बागी उम्मेदवारहरुको विवरण पठाउन कांग्रेसको निर्देशन

नेपालखोज २०७९ वैशाख २३ गते १३:१७

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ताको विवरण तत्काल पठाउन जिल्ला समितिलाई कांग्रेसले निर्देशन दिएको हो ।

पार्टीका र गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरू तथा उनिहरूका प्रस्ताव र समर्थकको पार्टी सदस्यता स्वतः पाँच वर्षका लागि खारेज हुने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ ।

विभिन्न पालिकामा कांग्रेसका दर्जनौं बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन। बागी उम्मेदवारहरुलाई फकाउन गठबन्धनले हर प्रयास गरिरहेका छन् । तर, अझैसम्म सफल भएको छैन् । असन्तुष्ट नेताहरुलाई मनाउन गठबन्धन दलहरु यतिबेला विभिन्न चुनावी सभा गरिरहेका छन् ।

प्रतिक्रिया