बलिउडलाई पछि पार्दै साउथ इन्डियन फिल्म

काठमाडौं । अहिले साउथ इन्डियन फिल्म तथा बलिउड फिल्मको तुलना निकै चर्चामा छ । आम दर्शकदेखि लिएर क्रिटिक्सहरुसम्मले यो विषयमा आ-आफ्नो राय दिइरहेका छन् । साउथको फिल्म इंडस्ट्रीले पछिल्ला वर्षहरुमा एक से एक ठूला हिट फिल्म दिएको छ ।
यी फिल्मको क्रेजका अगाडि बलिउडका मेघा स्टार तथा हाई बजेट फिल्म पनि फिक्का सावित भइरहेका छन् । दक्षिण भारतका बाहुबली द बिगिनिङ, बाहुबली द कन्क्लुजन तथा २.० जस्ता फिल्मले हिन्दी भाषी दर्शकहरुलाई पनि खुब मनोरन्जन प्रदान गरे ।
यहि कारणले हिन्दी भाषी दर्शकहरु अहिले बलिउड फिल्मभन्दा बढि साउथका फिल्ममा चासो देखाउन थालेका छन् । यसको एउटा ठुलो उदाहरण हालै रिलीज भएको केजीएफ च्याप्टर- २ पनि हो । यस अघि यसको पार्ट-१ ले हिन्दी भाषी दर्शकबीच ठीक-ठाक कारोबार गरेको थियोे । पहिलो भागको सफलताकै कारण कतिपय दर्शक यसको दोस्रो भागको पर्खाइमा थिए ।
त्यसैले पनि केजीएफ सिनेमाघरमा रिलीज भए यता धमाधम पुराना ठुला रेकर्डहरु धराशाहि भए । गैर हिन्दी फिल्म भए पनि यसले कमाईको हिसाबले हिन्दी भाषी क्षेत्रमा समेत सबै बलिउड फिल्मलाई पछाडि छोडेको छ । केजीएफ च्याप्टर -२ आमिर खानको दंगल, रणविर कपुरको संजु तथा सलमान खानको बजरंगी भाइजान जस्ता ठूला फिल्मको अल टाइम बिजनेसभन्दा अगाडि रह्यो । यो फिल्मले केवल २३ दिनमा ६५० करोड रुपैयाँको ब्यापार गरिसकेको थियो ।
केजीएफ-२ का अतिरिक्त हालै प्रदर्शित आरआरआरको हिन्दी भर्सनले पनि शानदार कारोबार गरेको बताइन्छ । यो फिल्मले बलिउडका कैंयन सुपरहिट फिल्मलाई पछाडि छोडेको छ । यता अल्लु अर्जुनको पुष्पाले पनि कमाल देखायो । यो सिनेमाले हिन्दी भाषी क्षेत्रमा १०० करोडभन्दा बढिको कारोबार गरेको थियोे ।
गजबको कुरा के भने यो सिनेमा हिन्दी भाषी क्षेत्रमा सबैभन्दा बढि कमाई गर्ने दक्षिण भारतिय फिल्म त साबित भयो तर यो रेकर्डमा धेरै दिन टिक्न सकेन । चाडैं नै यो सिनेमा हिन्दीमा समेत तयार पारिएको दक्षिण भारतिय फिल्ममा सर्वाधिक कमाइ गर्ने सिनेमाको तेस्रो स्थानमा धकेलीयो । माथिल्लो दुई स्थानमा बाहुबली- ‘टु’ तथा केजीएफ- ‘टु’ छन् ।
हिन्दीमा डब फिल्म : कसले कति कमाए ?
बाहुबली- ‘टु’ : द कन्क्लुजन- ८१८.८ करोड रुपैयाँ
केजीएफ- ‘टु’- ६४२.८८ करोड रुपैयाँ
आरआरआर- ४१८.९२ करोड रुपैयाँ
२.० – 188 करोड रुपैयाँ
बाहुबली : द बिगिनिंग – ३०२ करोड रुपैयाँ
पुष्पा – १७० करोड रुपैयाँ
केजीएफ – वान – ७१.८४ करोड रुपैयाँ
यो तथ्यांकबाट स्पष्ट देखिन्छ कि हिन्दी सिनेमाका दर्शकहरुले अहिले साउथ इन्डियन फिल्म निकै मन पराई रहेका छन् । दमदार कथा, शानदार अभिनय तथा एक्शन, इमोशन आदिका कारण पनि दर्शकहरु दक्षिण भारतिय चलचित्र प्रति आकर्शित छन् । आउने दिनमा साउथका कस्ता फिल्म बजारमा आउने हुन समीक्षक तथा दर्शक सबैका लागि कौतुहलको विषय भएको छ ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया