आइतबार, वैशाख ७, २०८२

सबै महिलाको आवाज बन्छु : सुनीता डंगोल

नेपालखोज २०७९ वैशाख २६ गते २१:१३

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनीता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी पर्नुले पनि उनीप्रति धेरैको चासो देखिएको हुनसक्छ ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिनुअघि उनले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा दाबेदारी प्रस्तुत गरेकी थिइन् । त्यसले पनि उनको चर्चा चुलिएको थियो । पछि एकाएक एमालेबाट टिकट पाउनुले उनको चर्चा झनै बढ्यो । त्यसो भनिरहँदा राजनीतिमा आउनुपूर्व पनि उनी चर्चामा नै थिइन् । मिस नेवा २०११ की विजेता भएर पनि उनले चर्चा बटुलेकी थिइन् । साथै सञ्चारकर्मबाट पनि उनले आफ्नो चर्चा कमाएकी थिइन् । उनको परिचय यतिमा मात्रै सिमित छैन । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन लागि परेकी युवा हुन् । उनले नेपालको संस्कृतिलाई विशवमाझ चिनाउने किसिमका कार्यक्रम गर्दै आएकी छन् । उनको चर्चा अहिले फेरि बढेको छ । उनी नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा दाबेदार छिन् ।

अहिलेको स्थितिमा हरेक पार्टीका लागि बलियो र मुख्य प्रतिद्वन्दी पार्टी एमालेको तर्फबाट देशको राजधानीमा रहेको महानगरपालिकाको उपमेयरमा युवालाई विश्वास गरेर पार्टीले उपप्रमुख जस्तो पदको टिकट दिनुले पनि उनलाई धेरैले चासोसँग हेरेका छन् । नेकपा एमालेको तर्फबाट महानगरको मेयरमा भने पूर्व मेयर तथा एमालेका नेता केशव स्थापितले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले महानगरमा जितेको खण्डमा युवापुस्ता र अग्रज पुस्ताहरुबीचको कम्युनिकेशन मिलाउने कुरामा चुनौती छ । त्यसलाई स्थापित र डंगोलले कसरी समन्वय गर्नेछन् भन्ने कुरा यदी जितेको खण्डमा भविष्यमा देखिने नै छ । डंगोल आँफैं पनि आफ्नो पक्षमा स्पष्ट जितका लासिग चाहिने भोट आउनेमा विश्वस्त छिन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताइन् । उनले भनिन्, ‘अहिले घरदैलो कार्यक्रमहरु भइरहेको छ । काठमाडौंको जुनकुनै ठाउँमा गएपनि राम्रो रेस्पोन्सहरु आइरहेको छ ।’

काठमाडौं महानगरबासीहरुले महिला उपप्रमुखको रुपमा आफूलाई जिताएर महिला हक-हितका कुराहरुलाई बचाउने छन् भन्ने उनको विश्वास छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताइन् । काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उनको बुझाइ छ । काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुराहरुमा अडिएकोले यसलाई संरक्षण गर्न सकेमात्रै काठमाडौंलाई काठमाडौंजस्तो बनाउन सकिने उनले बताइन् । उनले काठमाडौंलाई अन्य सहरसँग तुलना गर्न जरुरी नरहेको भन्दै साँच्चीकै कान्तीपुर नगरी बनाउन काठमाडौंलाई पुननिर्माण गरेर यहाँ रहेका मूर्त, अमूर्त सम्पदाहरुलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उनले बताइन् । काठमाडौंमा रहेको बहाःबहीः मासिँदै गएकोले त्यसको संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन् । बहाःबहीःको संरक्षणका लागि अब संवद्र्धन समिति बनाइनु पर्ने उनले बताइन् । उनले काठमाडौं उपत्यकाभित्र ४ वटा विश्व सम्पदा सूचीमा सूचिकृत भएका स्थानहरु रहेको र त्यो बाहेक पनि अन्य सांस्कृतिक सम्पदाहरु रहेकोले बाँकी सम्पदाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रम मञ्चहरुलाई थप बिस्तार गरेर काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, गीत, संगीतका कार्यक्रम आयोजना गरे यसको संवद्र्धन हुने उनले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्नुपर्नेछ । संस्कृतिहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । काठमाडौं क्यापिटल सिटी भएको कारणले यहाँभित्र पूर्वाधारको विकास धेरै हुनु जरुरी छ । अर्को कुरा यहाँको कलाकृतिले गर्दा काठमाडौं काठमाडौं छ । काठमाडौंको चिनारी यहाँका सम्पदाहरुले बोकेको छ । जात्रा, पर्व, संस्कृतहरुले बोकेको छ । काठमाडौंलाई धेरैले अन्य शहरसँग तुलना गर्ने गरेका छन् । यो आफैँमा सुन्दर छ, मौलिकता बोकेको छ । त्यसैले यसलाई अरु कुनै शहरसँग तुलना गर्नु उचित हुँदैन । जरुरी छैन । अरु कुनै शहरजस्तो बनाउन जरुरी पनि छैन । काठमाडौंलाई साँच्चिकै कान्तीपुरी नगरी बनाउने हो भने हामीले काठमाडौंलाई रिभाइभ गर्नुपर्छ । पुराना धेरै साइन्टिफिक कुराहरु छ त्यसलाई रिभाइभ गर्नुपर्छ । हामीले काठमाडौंलाई रिभाइभ गर्नको लागि विभिन्न योजना बनाएका छौँ । यहाँ मूर्त, अमूर्त सम्पदाहरु छन् । त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ ।‘

उनले काठमाडौंका पर्यटकीय र धार्मीक क्षेत्रको चर्चा गरिन् । उनले भनिन्, ‘काठमाडौंका १०० भन्दा बढी ठाउँमा विभिन्न घुम्न लायक ठाउँहरु छन्, बहाबही छ त्यो बिस्तारै हराउँदै गइरहेको छ, त्यसलाई हराउन दिनुहुँदैन । बहाबहीलाई संरक्षण गर्नको लागि अब संरक्षण, संवद्र्धन समिति बनाइनु पर्छ । त्यसले नै सबै काम गर्छ । काठमाडौं उपत्यकाभित्र ४ वटा त विश्व सम्पदा सूचीमा परेका स्थानहरु छन् । त्यो बाहेक पनि अन्य थुप्रै सम्पदाहरु छन् । विश्व सम्पदा सूचीमा नभएका सम्पदालाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्न जरुरी छ । हामीले स्थानीय निकायबाट त्यसलाई नीतिगत रुपमा लैजान सक्यौँ भने मात्र नीतिगत रुपमा संवद्र्धन र संरक्षण हुन्छ । अर्को कुरा पहिल्यैबाट आर्टिस्टहरु जन्मिएको ठाउँ दब्बू हो । दब्बूहरुलाई अकेजनअनुसार मात्र होइन अरु बेला पनि प्रयोग गर्न सक्नुपर्छ । रिभाइभ काठमाडौंको वान अफ द मेजर कम्पोनेन्ट रिभाइभ दब्बू पनि हुन्छ । त्यस्ता दब्बूहरुलाई अझै रिभाइभ गर्न जरुरी छ । फेस्टिबल, अकेजनको समयमा मात्र होइन ।’

उपमेयरकी दाबेदार डंगोलले आफू महानगरपालिकाको उपमेयर बनेपछि महानगरीय संग्रहालय बनाउने र त्यसमा काठमाडौंका मौलिकता झल्किने कुराहरुलाई राख्ने बताइन् । उनले यहाँको भाषा, रितिरिवाज, संस्कृति, भेषभुषालगायतका काठमाडौंका मौलिकता झल्किने कुराहरु संग्रहालयमा राख्दा काठमाडौंको बारेमा बुझ्न चाहनेका लागि सहज हुने बताइन् । उनले उपमेयर बनेपछि यहाँको स्थानीय भाषालाई जोड दिने पनि बताइन् । यी सबै काम गर्नका लागि भावनासँगै नीति, नियम र योजनाको खाँचो रहेको र त्यसलाई स्थानीय सरकारको रुपमा महानगरले गर्न सक्ने उनले स्पष्ट पारिन् ।

उनले संग्रहालय बनाउनु पर्नेमा समेत जोड दिइन् । उनले भनिन्, ‘त्यतिमात्रै नभइ महानगरभित्र नै एउटा महानगर संग्रहालय बनाउन सक्यौँ । त्यसमा हामीले काठमाडौंसँग जोडिएका इतिहास, किंवदन्तीहरु राख्नुपर्छ र मात्र काठमाडौंलाई नजिकबाट हेर्न सकिन्छ । अहिले पनि राम्रो काम भएको छ । विद्यासुन्दर शाक्यको पालामा एकदमै राम्रो काम भएको भनेको स्कुल स्कुलमा लोकल करिकुलम, लोकल भाषा राख्नुभएको हो । जति धेरै ल्याङ्ग्वेज एण्ड स्क्रिप्ट हुन्छ आफ्नो त्यति नै आफ्नो पहिचान झल्किन्छ म त्यसमा काम गर्न चाहन्छु । इना, ढुंगेधारा, पोखरीहरु मासिँदै गएको छ, यसलाई संरक्षण गर्न जरुरी छ । काठमाडौंलाई रिभाइभ गर्ने हो । पुराना राम्रा कुराहरुलाई फेरि हामीले लाइमलाइफमा ल्याउने हो र काम गर्ने हो भने भावना चाहिन्छ । भावनाले मात्र पनि हुँदैन योजना ल्याउनु पर्छ । यसको लागि स्थानीय सरकारले काम गर्न सक्छ ।’

उनले अहिले बाध्यताले नेपाली युवाहरु विदेशिन बाध्य भइरहेको बताउँदै महानरगमा जितेपछि आफूले महानगरभित्र नै उच्च रोजगारीका कार्यक्रहरु ल्याउने प्रतिबद्धता जनाइन् । उनले पहिलो प्राथमिकतामा आफूले काम गर्ने ठाउँमा योजना बनाउन र कस्तो रणनीतिका साथ शहरको विकास गर्ने भन्ने कुरा युवाहरुको सोचका आधारमा नै हुने दाबी गरिन् । उनले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरु मिलेर काम गर्नुपर्ने भन्दै यहाँ रोजगारी सिर्जना गर्न इनोभेशन हब र सेन्टरहरु स्थापना गर्नुपर्ने बताइन् । अहिले धेरै युवाहरुले रुचाएको क्षेत्र आईटी भएकोले त्यसलाई महानगरपालिकाले स्थानीय सरकार बनेर सघाउनु पर्नेमा उनले जोड दिइन् । उनले आफ्नो जितपछि महानगरमा स्टार्टअप कम्पनीहरु, आईटी बेस र अरु बेस कम्पनीहरुलाई स्थानीय सरकारको तवरबाट इन्करेज गर्ने काम गर्ने बताइन् । यस्ता कामले देशको अर्थतन्त्र र रोजगारी सिर्जना हुने तथा युवा शक्ति विदेश पलायन नहुने उनको बुझाइ छ ।

उनले नेपाली युवालाई स्वदेशमा रोजगार दिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘धेरै युवाहरु अहिले विदेश जानुभएको छ । उहाँहरुको यो खुशी होइन, बाध्यता हो । नेपालमा उच्चस्तरको रोजगारी नहुँदा विदेशीनु भएको छ । तर अब काठमाडौं महानगरपालिकाले त्यो वातावरण सिर्जना गर्नुपर्छ । यसमा तीनै तहका सरकारहरु मिलेर युथ इम्प्लोएमेण्ट र इम्पायोर्मेण्टमा काम गर्नुपर्छ । कुनै पनि कार्यक्रम सफल गर्नको लागि अब युवालाई अघि सार्नुपर्छ । युवाहरुलाई काठमाडौंमै राखेर काम गर्ने हो भने इनोभेशन हब, सेन्टरहरु जहाँ विभिन्न आइडियाजहरु होस् ।’ ‘उहाँले भन्नुभयो, हामी काठमाडौं बनाउने आइडिया इनोभेटिभ आइडिया योङ जेनेरेशनबाट नै लिनेछौँ । रोजगारी बढाउने कुरामा अहिले धेरैले रुचाएको फिल्ड भनेको आईटी हो । यसमा काठमाडौं महानगरपालिकाले स्थानीय सरकारको रुपमा काम गर्न जरुरी छ । स्टार्टअप कम्पनीहरु, आईटी बेस र अरु बेस कम्पनीहरुलाई हामीले स्थानीय सरकारको तवरबाट इन्करेज गर्ने काम गर्नुपर्छ । त्यसले अर्थतन्त्र पनि सुधार हुन्छ । रोजगारी पनि सिर्जना हुन्छ ।’

उनले आफू उपमेयर बनेपछि काठमाडौंलाई डिजिटल काठमाडौं बनाउने उद्घोष गरिन् । उनले काठमाडौं चलाउने सिस्टम बडी नै डिजिटल हुन आवश्यक रहेको बताइन् । उपमेयरकी उम्मेदवार डंगोलले आफूसँग केएमसी एपको अवधारणा रहेको र त्यसमा काठमाडौंभित्र भएका नीति, नियमसहित के गर्ने भन्ने सबै किसिमका तरिकाहरु राखिने भएकोले त्यसलाई हरेक मोबाइल डिभाइसमा उपलब्ध गराएर अनलाइनबाट नै हरेक काम गर्नेसक्ने व्यवस्था मिलाउने जनाइन् । उनले इगभर्मेण्ट्सबाट अहिले भइरहेको समस्या समाधान गर्नेमा समेत जोड दिने बताइन् ।

उनले काठमडौंलाई स्मार्ट सिटी बनाउने योजनाअनुरुप जिआईए सिस्टमको विकास गर्ने र त्यसमा काठमाडौंमा भएका घरका बारेमा जानकारी डेटाबेसमा ल्याइ सहज र विश्वासिलो बनाउने बताइन् । उनले भनिन्, ‘अब काठमाडौं डिजिटल हुनुपर्छ । काठमाडौं डिजिटल भनेको काठमाडौं चलाउने सिस्टम बडी नै डिजिटल हुन आवश्यक छ । जसमा केएमसी एपको अवधारणा छ । त्यसमा काठमाडौंभित्र गर्ने कामहरु हुन्छन् । त्यो हरेक मोबाइलमा उपलब्ध हुन्छ । त्यसले धेरै कामहरु अनलाइनबाट गर्न सकिन्छ । काम गर्न के प्रोसेस हो त्यो सबै त्यस एपमा हुन्छ । अर्को भनेको हामीले ट्याक्स पनि एपबाट नै तिर्नसक्ने व्यवस्था गर्छौं । अर्को इगभर्मेण्ट्सबाट अहिले भनिरहेको समस्या समाधान हुनसक्छ । यसले सिस्टमलाई एक्चुअल सिस्टममा सेट गर्छ । अर्को धेरै पेपर वर्कहरु हुँदैन । यसले सेवाग्राहीलाई धेरै हदसम्म सजिलो हुन्छ । स्मार्ट सिटी बनाउन जिआइए सिस्टम चाहिन्छ । काठमाडौंमा भएका घरघरका जानकारीलाई डेटा बेसमा ल्याएर कुनैपनि समस्या भए त्यो डेटाले समाधान गर्छ ।’

उपमेयरकी उम्मेदवार डंगोलले आफू उपमेयर भएपछि महिलाहरुको आवश्यक्ताको आवाज बनेर काम गर्ने बताइन् । उनले हरेक काममा महिलालाई अघि सारेर समस्या आउनुपूर्व नै हल हुने गरी काम उनले गर्ने बताइन् । उनले महिलाहरुलाई रोजगारीमुलक कार्यक्रम, फाइनान्सीयल लिट्रेसी प्रोग्राम, महिलाहरुलाई परेका कुनैपनि समस्या स्थानीय सरकारबाट नै हल गर्ने व्यवस्थाका लागि वुमेन सेल स्थापना गर्ने घोषणा गरिन् । उनले महिलालाई राति हिँड्न समस्या भइरहेकोले अब पूरा काठमाडोंलाई झलमल्ल बनाउने र महिलालाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था गर्ने बताइन् ।

उनले आफू महानगरको प्रतिनिधिमा चुनिएपछि महलिाका लागि काम भएको महशुस दिलाउने तरिकाले काम गर्ने बताइन् । उनले भनिन्, ‘म उपमेयर भएँ भने म आफैँ महिला भएकोले सबै महिलाहरुको आवाज बन्ने प्रयास गर्छु । म महिललाई अघि सारेर महिलासँग जोडिएर कामहरु गर्छु । म अब समस्या आउनुभन्दा अघि नै समाधान गर्ने किसिमको नीतिगत व्यवस्था गर्छु । महिलाहरुलाई रोजगारीमुलक कार्यक्रम ल्याउनेछु । फाइनान्सीयल लिट्रेसी प्रोग्राम ल्याउनेछु । महिलाहरुलाई कुनै पनि समस्या परेमा अब स्थानीय सरकारबाट नै सकेसम्म हल गर्ने व्यवस्था गर्नको लागि वुमेन सेल स्थापना गर्नेछौँ । त्यो छुट्टै डिपार्ट हुनेछ जसले वुमेन इस्यूलाई कभर गर्नेछ ।’ उहाँले भन्नुभयो, ‘अर्को भनेको अनसेफ छौँ हामी धेरै ठाउँमा । शहर पनि अब अध्याँरो होइन, झलमल्ल बनाउने छौँ । महिलाहरुलाई सुरक्षित वातावरण, सुरक्षित वर्कपेसका लागि काम गर्नेछौँ । झलमल्ल काठमाडौं अन्तर्गत राति पनि बत्ती हुनेछ । हामी काठमाडौं महानगरपालिकामा महानगरवासीको प्रतिनिधि भएर आएपछि महिलाहरुका लागि काम भएका छन् भन्ने महसुस हुनेछ ।’

उनले काठमाडौंवासीलाई सहुलित सेवा प्रदान गर्न केएमसी कार्ड दिने योजना रहेको पनि जानकारी गराइन् । काठमाडौंका स्थानीयहरुलाई सहुलियत कार्यक्रमहरु ल्याउने आफ्नो योजना रहेको बताइन् । उनले आफू प्रतिनिधि बनेपछि युवासँगै रहेर काम गर्ने र युवासँगै काठमाडौंको विकास गर्ने लक्ष्य रहेको बताइन् । उनले युवाको जोश र जाँगरलाई सही प्रयोग गर्नको लागि म्युजिक, लिट्रेचर आर्ट्समा पनि हामीले प्रमोट गर्ने योजना रहेको बताइन् । उपमेयरकी प्रत्यासी डंगोलले काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रहरु गर्ने, काठमाडौंका कथाहरुलाई नाटकसँग जोडर देखाउने कुरामा पनि त्यत्तिकै जोड दिने बताइन् । उनले सांस्कृतिक कार्यक्रमहरुले पर्यटनलाई पनि टेवा पुर्‍याउने बताइन् ।

उनले युवाहरुलाई जोडिरहनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने र खेलाडीहरुको उत्पादनमा पनि जोड दिने योजना रहेको बताइन् । उनले भनिन्, ‘हामी काठमाडौं वासीका लागि केएमसी कार्ड दिनेछौँ । जसले विभिन्न सेवाहरुमा सहुलियत दिनेछ । बस चढ्दादेखि सहुलियत पाउँछ । यस्तै सहुलियतका कार्यक्रमहरु ल्याउनेछौँ । केएमसी कार्ड काठमाडौंका भोटर्सले, वासीले मात्र पाउनेछन् । अब काठमाडौं महानगरपालिका र युवासँगै काम गर्छ । सँगै काठमाडौंलाई बनाउने काम गर्छ । युथ भोलिन्टेज सेक्टरबाइज बनाउने पनि योजना रहेको छ । हामी युवाको जोश जाँगरलाई प्रयोग गर्नको लागि म्युजिक, लिट्रेचर आर्ट्समा पनि हामीले प्रमोट गर्नेछौँ । काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रहरु गर्नेछौँ । काठमाडौंका कथाहरुलाई नाटकसँग जोडर देखाउनेछौँ । त्यसले पनि हाम्रो कला, संस्कृतलाई जोगाइरहन्छ । त्यसले आन्तरिक र वाह्य पर्यटनमा टेवा पु¥याउँछ । साथै युवालाई खेलकुदमा पनि बढीभन्दा बढी सहभागी गराउने योजना छ । त्यसका लागि भने महानगर स्तरीय विभिन्न खेलहरु गर्नुपर्छ । साथै स्पोर्ट्स कलवहरुलाई पनि प्रमोट गर्ने । जसले काठमाडौंबाट नै थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सक्छौँ । युवा शक्तिलाई सही दिशामा लैजान युथ भोलेन्टियरहरुको योजना रहेको छ ।’

नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सुनितालाई जित, युवा नेतृत्वलाई वहन गर्ने क्षमताको सदुपयोग र महिला हक अधिकारको लागि लड्ने चुनौति र काम गरेर देखाउने अवसर छ । उनलाई युवा पुस्ता र त्यसमाथि पनि महिलाले नेतृत्व लिन सक्छ भन्ने प्रमाणित गर्नु महत्वपूर्ण कुरा हुनेछ । जितेपछि उनका सामु साथै युवा पुस्ताले गरेका वाचाहरु कार्यान्वयनमा कति आउँछन्, गरेका प्रतिवद्धतालाई पूरा गर्छन् वा पुरानै जनप्रतिनिधिहरु जस्तै बेकाम भएर बस्छन् त्यसको छिनोफानो पनि हुनेछ । पछिल्लो समय राजनीतिक कर्मीहरुले चुनावताका आम नागरिकलाई गरेका प्रतिवद्धता पूरा गर्न नसक्दा आम नागरिकहरुले नेतृत्व वर्गलाई हेर्ने दृष्टिकोण नै फेरिन थालेको छ । नेताहरुको कुरामा अधिकांशले विश्वास गर्न छोडेका छन् । यसलाई चिरेर नयाँ पुस्ताले विकासलाई सार्थक बनाउन सक्छ भन्ने कुराको प्रमाणित गर्नु डंगोलका लागि चुनौतिको विषय हो ।

प्रतिक्रिया