आज पनि नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान शिक्षा दिँदै आयोग
नेपालखोज
२०७९ वैशाख २९ गते ८:१९

काठमाडाैं । स्थानीय तह निर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले आज पनि मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ ।
त्यस्तै, निर्वाचन आयोगले नयाँ मतदातालाई आज पनि मतदाता परिचयपत्र बाँड्ने भएको छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज पनि मतदाता परिचयपत्र बाँडिने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया