आइतबार, वैशाख ७, २०८२

गृहमन्त्रीले भने- ढुक्क भएर मतदान गर्नुहोस्, मतदान शान्तिपूर्ण सम्पन्न हुन्छ

नेपालखोज २०७९ वैशाख ३० गते १६:०८

रुपन्देही। गृहमन्त्री बालकृष्ण खाणले जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेकोे र मतदान शान्तिपूर्ण रुपमै सम्पन्न हुने बताए।

गृहमन्त्री खाणले नेपाल सरकारले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मिलाएको उल्लेख गरे। यसैबीच आज भइरहेको मतदानअन्तर्गत रुपन्देही जिल्लामा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

जिल्लाका १६ वटै पालिकामा अहिलेसम्म मतदान शान्तिपूर्णरुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए। बिहान केही मतदान केन्द्रहरुमा वर्षाले समस्या सिर्जना गरेपनि बर्षात् रोकिएपछि मतदान सुचारु भएको समेत प्रमुख भण्डारीले जानकारी दिए। जिल्लामा १६ पालिकाअन्तर्गत २०८ मतदानस्थलमा ७ सय मतदान केन्द्रमा बिहान तोकीएकै समयमा मतदान सुरु भएको थियो ।

प्रतिक्रिया