काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगियो
नेपालखोज
२०७९ वैशाख ३० गते १९:२५

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।
निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो । जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो ।
काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट सुरु गरिने निर्वाच्न आयोगले जनाएको छ । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया