प्युठान नगरपालिका–१ मा कांग्रेसकी राउतको प्यानल विजयी
नेपालखोज
२०७९ वैशाख ३१ गते १३:२७

काठमाडाैं । प्युठानको प्युठान नगरपालिकामा–१ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । वडाध्यक्ष पदमा कांग्रेसकी साधना राउतसहितको प्यानल विजयी भएको हो ।
शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले ७ सय ११ मत पाए ।
वडामा महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत राउतकै प्यालनमा रहेका गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया