आइतबार, वैशाख ७, २०८२

अपडेट : देशभर कुन पार्टीले प्रमुख र उपप्रमुखमा कति स्थानमा अग्रता लिँदैछन् ? यस्तो त विवरण

नेपालखोज २०७९ वैशाख ३१ गते १४:३९

काठमाडौं । देशभरका प्रायः सबै केन्द्रमा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार देशभरका स्थानीय तहको प्रमुखमा कांग्रेस अगाडि छ । यो समाचार तयार पार्दासम्म कांग्रेस १२४ वटा पालिका प्रमुखमा अग्रता लिइरहेको छ ।

कांग्रेसले सय वटा स्थानीय तहको उपप्रमुखमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ८० वटा स्थानीय तहको प्रमुख पदमा अग्रता लिएको छ । ८२ उपप्रमुख पदमा अग्रता लिएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ५६ वटा पालिका प्रमुखमा अग्रता लिएको छ ।

माओवादी केन्द्रले ४५ वटा पालिकाको उपप्रमुखमा अग्रता लिएको जनाइएको छ । यस्तै जसपा नेपालले ४ प्रमुख र ६ उपप्रमुखमा अग्रता कायम गरेको छ । यस्तै एकीकृत समाजवादी पार्टीले ८ स्थानमा अग्रता लिइरहेको छ भने उपप्रमुखमा ४ स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै लोसपाले १ जना प्रमुख पदमा अग्रता लिइरहेको छ । अन्य दलले भने यो समाचार तयार पार्दासम्म प्रमुख र उपप्रमुख पदमा अग्रता कायम गर्न सकेका छैनन् । अहिलेसम्म कांग्रेसले ४ वटा प्रमुख पद जितेको छ । उप्रमुखमा ३ पद जितेको छ ।

यस्तै एमालेले प्रमुख ५ र उपप्रमुख ३ जितेको छ । एकीकृत समाजवादीले प्रमुख २ र उपप्रमुख १ जितेको छ । माओवादी केन्द्र १ उपप्रमुखमा विजयी भएकाे ५ । अन्य दलले विजयी हासिल गर्न सकेका छैनन् ।

प्रतिक्रिया