भरतपुर महानगर : ५५ मत गन्दा एमालेको अग्रता
नेपालखोज
२०७९ वैशाख ३१ गते १५:१२

चितवन । भरतपुर महानगरपालिकामा ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् । गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले १९ मत प्राप्त गरेकी छन् ।
यस्तै कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ मत प्राप्त गरेका छन् । ६ मत भने बदर भएका छन् । भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ ।
यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा अहिले मतगणना जारी छ ।
सम्बन्धित
प्रतिक्रिया