आइतबार, वैशाख ७, २०८२

सुदूरपश्चिमका चार वडामा कांग्रेस विजयी

नेपालखोज २०७९ वैशाख ३१ गते १६:५५

धनगढी । सुदूरपश्चिम प्रदेशका चार वडामा कांग्रेस विजयी भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका नरेश भट्ट प्यानलसहित विजयी भएका छन्। भट्टले ६१४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेका लोकराज भट्टले १८४ मत पाएका छन्।

त्यस्तै माओवादीकी अहिल्या कुँवरले १४९ मत प्राप्त गरेकी छिन्। डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका लोकबहादुर ऐर निर्वाचित भएका छन्। ऐर ५२६ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४७६ मत प्राप्त गरेका छन्।

अछामको कमलबजार नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेसका भीमबहादुर विष्ट विजयी भएका छन्। विष्टले ४६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरेका छन्।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका ७ मा कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार लालबहादुर बिष्टले ३३६ मत ल्याई प्यानलसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार वीरबहादुर बिष्टले २९८ मत ल्याएका छन्।

अछामको रामारोशन गाउँपालिका–१ मलातिकाकोटको वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउँद विजयी भएका छन्। उनको पूरै प्यानल विजयी भएको हो। साउँद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन्।

त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा ९योगेन्द्र० विजयी भएका छन्। देउवाले नेपाली कांग्रेसका गम्भीरसिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। देउवाले ४ सय ५७ मत प्राप्त गर्दा कांग्रेसका बोहराले ३७७ मत ल्याए।

प्रतिक्रिया