आइतबार, वैशाख ७, २०८२

काठमाडौं महानगर : बालेनकै अग्रता, कांग्रेसकी सिंहले पछ्याउँदै

नेपालखोज २०७९ वैशाख ३१ गते १८:०१

काठमाडां । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा लौरो लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले अग्रता कायमै राखेका छन्। महानगरको ३२, २ र १ नम्बर वडाको मतगणना जारी रहँदा साहले १९२ मतसहित अग्रता कायमै राखेका हुन्।

त्यसपछि उनलाई अहिले नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन्। उनले १३० मत ल्याएकी छन्। तर, नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित भने १११ मतसहित तेस्रो स्थानमा झरेका छन्। तर यो मतपरिणाम प्रारम्भिमक हो।

वडा नम्बर ३२ बाट बालेनले १०४ मत पाउँदा सिर्जनाले ३८ मत ल्याएकी छन्। यसैगरी स्थापितले २६ मत ल्याए।

प्रतिक्रिया