सभापति देउवाकै वडामा कांग्रेस पराजित
नेपालखोज
२०७९ वैशाख ३१ गते १८:०६

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेसका उम्मेदवार पराजित भएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को अध्यक्षमा कांग्रेस बीपीका नरेश भण्डारी ६७३ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका थिए। उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको छ। कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।
सम्बन्धित
प्रतिक्रिया