आइतबार, वैशाख ७, २०८२

काठमाडाैं महानगरमा शाहले कटाए दुई हजार मत, स्थापित पछ्याउँदै

नेपालखोज २०७९ जेठ १ गते ९:३२

काठमाडाैं । काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायमै राखेका छन् ।‍ पछिल्लाे मतगणना अनुसार स्वतन्त्र उम्मेद्वार शाहले दुई हजार ७२ मत पाएका छन् ।

शाहलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले एक हजार १ सय ६४ मत पाएका छन् । गठबन्धनबाट उम्मेद्वार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले एक हजार ६ मत पाएकी छन् । साह र स्थापितबीच ९०८ मतकाे फरक छ भने स्थापित र सिंहबीच १५८ मतकाे फरक छ ।

प्रतिक्रिया