आइतबार, वैशाख ७, २०८२

देशभर जित हासिल गर्ने र अग्रता कायम गर्नेको पछिल्लो परिणाम

नेपालखोज २०७९ जेठ १ गते ९:४२

काठमाडौं । देशभरका प्रायः सबै केन्द्रमा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार देशभरका स्थानीय तहको प्रमुखमा कांग्रेस अगाडि छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेस २६६ स्थानमा अगाडि छ । ७ वटा स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले उपप्रमुखमा २२६ स्थानमा अग्रता कायम गरेको छ । ७ वटा उपप्रमुख पदमा विजयी हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले १०८ वटा पालिका प्रमुखमा अग्रता लिएको छ । सो पार्टीले १२६ वटा पालिकाको उपप्रमुखमा अग्रता लिएको जनाइएको छ ।

जसपा नेपालले २४ स्थानमा प्रमुख पदमा अग्रता कायम गरेको छ । २१ उपप्रमुखमा अगाडि छ । यस्तै एकीकृत समाजवादी पार्टी १२ प्रमुख र १८ उपप्रमुखमा अग्रस्थानमा छ । २ प्रमुख र २ उपप्रमुखमा विजयी हासिल गरेको छ ।

यस्तै लोसपा ७ स्थानको प्रमुखमा अगाडि छ भने ६ उपप्रमुखमा पनि अग्रता कायम गरिरहेको छ । अन्य दलले भने यो समाचार तयार पार्दासम्म स्वतन्त्र लगाउत अन्य दलले २४ प्रमुख र २१ उपप्रमुख पदमा अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया