निर्वाचन अपडेट : ६ वटा महानगरमा पहिलो र दोस्रो बढी मत ल्याउनेको पछिल्लो परिणाम

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यस्तै देशका ६ वटै महानगरपालिकामा पनि मतगणना जारी छ । ६ वटा महानगरपालिकामध्ये यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरिरहेका छन् । उनले २०७१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् । यसैगरी तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत प्राप्त गरेकी छन् ।
यस्तै पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्य ९०२ मत ल्याएर पहिलो स्थानमा छन् भने एमालेका कृष्णबहादु्र थापा छन् । उनले ७०३ मत ल्याएका छन् । यस्तै भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले ११७८ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले एक हजार ६८ मत ल्याएर दोस्रो स्थानमा छन् ।
ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु महर्जनले ८७७ मत ल्याएर पहिलो स्थानमा छन् भने एमालेका हरिकृष्ण व्यन्जरकार ४०२ मतका साथ दोस्रो स्थानमा छन् । यसैगरी वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह १५०७ मत ल्याएर अग्रस्थानमा र पूर्व मेयर तथा एमालेका विजयकुमार सरावगी ६६८ मतका साथ दोस्रो स्थानमा छन् । विरानगरमहानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले २५८३ मत प्राप्त गरेका छन् भने सागर थापाले १९९० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया