आइतबार, वैशाख ७, २०८२

काठमाडौंमा बालेनको अग्रता कायमै, उपमेयरमा सुनीता डंगोल अगाडि

नेपालखोज २०७९ जेठ १ गते १२:४५

काठमाडौं । महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन शाहको अग्रता कायमै छ । उनले अहिलेसम्म २६०१ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले पछ्याएका छन् ।

स्थापितले अहिलेसम्म जम्मा १४१५ मत प्राप्त गरेका छन् । तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् । उनले अहिलेसम्म १३५९ मत प्राप्त गरेकी छन् । यसैगरी एमालेबाट उपमेयरकी उम्मेदवार सुनीता डंगोलले १७४३ मत प्राप्त गरेकी छन् ।

डंगोल पहिलो स्थानमा छिन् । उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया