आइतबार, वैशाख ७, २०८२

वीरेन्द्रनगरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

नेपालखोज २०७९ जेठ १ गते १५:४३
Upendra Khadka Mohanmaya Dhakal

सुर्खेत । सुर्खेतका ९ वटै स्थानीय तहमा मतगणना जारी छ । यसैक्रममा सुर्खेतका विभिन्न स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने सुर्खेतका बासिन्दाको चासो छ ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयर पदका उम्मेद्वार उपेन्द्रबहादुर खड्काले २,०७५ मत प्राप्त गरेका छन् । खड्का कांग्रेसबाट मेयरका उम्मेद्वार हुन् । उपमेयरमा एमालेका उम्मेद्वार नीलकण्ठ खनाल अग्रस्थानमा छन् । उनले २,४११ मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा भने नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

उपमेयरमा माओवादी तर्फका उम्मेद्वार शान्ति ढकालले १८६० मत प्राप्त गरेकी छन् ।पछिल्लो मतपरिणामअनुसार मेयर पदमा दोस्रो स्थानमा एमाले उम्मेद्वार मोहनमाया ढकालको अग्रता छ । उनले २०५२ मत प्राप्त गरेकी छन् ।

यो समाचार तयार पारुन्जेलसम्म ढकालभन्दा कांग्रेसबाट मेयर पदका उम्मेद्वार खड्का २३ मतले अगाडि छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले ८७१ मत प्राप्त गरेका छन् । उपमेयरमा राप्रपाकी लक्ष्मीकुमारी सार्कीले १९४ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा अनिल ढकालले ७१ र वीरबहादुर राउतले २० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया