भरतपुरमा रेणु र विजयबीच कडा प्रतिस्पर्धा, ४८ मतमात्र फरक

काठमाडौं । चितवनको भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मद्वार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । उनको र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतरिणामअनुसार गठबन्धनबाट मेयर पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ४८ भोटले अग्रस्थानमा छिन् । दाहालले २००६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका विजय सुवेदीले १९५४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अन्तर बढाएका छन् । अधिकारीले २ हजार २ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ५ सय ७१ मत ल्याएकी छिन् । उनीहरुको मतान्तर ६ सय ३० मतको छ ।
केही समयअघि वडा नम्बर २ को गणना जारी रहँदा सूर्य (एमालेको चुनाव चिह्न)मा संकेत गरिएको स्वस्तिक चिह्नमा बढी मसी लागेको भन्दै मत बदर गरिएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो । नेकपा एमालेका प्रतिनिधिहरुले मतगणनास्थल छाडेर हिँडेका थिए । तर फेरि सर्वदलीय बैठकमार्फत सहमति गरेर मतगणना सुरु भएको हो ।
प्रतिक्रिया