काठमाडौं महानगर : बालेनको अग्रता कायमै, स्थापित दोब्बर मतले पछाडी
नेपालखोज
२०७९ जेठ १ गते २२:५५

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मतका साथ अगाडि छन्। आइतबार राति १० बजेसम्मको मत परिणाम अनुसार उनी स्थापित भन्दा दुई हजार मतले अगाडि देखिएका हुन्।
उनले ४ हजार २५७ मत ल्याउँदा स्थापितले २ हजार २३८ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंह २ हजार १७ मतका साथ तेस्रो स्थानमा छन्। काठमाडौंमा कुल खसेको मतमध्ये अहिलेसम्म ११ हजार १६० मतपको गणना सकिएको छ।
काठमाडौंका १, २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ। वैशाख ३० गते सम्पन्न निर्वाचनमा १ लाख ८९ हजार ४२० मत खसेको थियो।
काठमाडौंमा ३ लाख २४२ मतदाता छन्। जसमध्ये १ लाख ४४ हजार ३६३ पुरुष र १ लाख ५५ हजार ८७८ महिला मतदाता रहेका छन्।
सम्बन्धित
प्रतिक्रिया