आइतबार, वैशाख ७, २०८२

भरतपुरमा सुवेदीको अग्रता, पछ्याउँदै दाहाल

नेपालखोज २०७९ जेठ २ गते ८:१३

चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले तीन हजार ३४२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७ १६ मत पाउएका छन् । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाएकी छन् ।

यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाएका छन् । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो ।

यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ ।

प्रतिक्रिया