काठमाडौं अपडेट : बालेन ३ हजार ७३ मतान्तरले अगाडि
नेपालखोज
२०७९ जेठ २ गते १०:२१

काठमाडौं । काठमाडौं महानगरपालिकामा सुरुवातदेखिनै अग्रता बनाउँदै आएका स्वतन्त्र उम्मेद्वार बालेन शाहले ६,४८६ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापित उनलाई पछ्याउँदैछन् । स्थापितले ३,४१३ प्राप्त गेका छन् । स्थापित भन्दा बालेन ३ हजार ७३ मतले अगाडि छन् ।
मेयरमा कांग्रेसकी सिर्जना सिंहले ३,००९ मत प्राप्त गरेकी छन् । उपमेयरमा सुनीता डंगोलले ५,८४४ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १,६०९ र राप्रपाका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र सुमन सायमीले २८१ र वीवेकशीलकी समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा राप्रपाकी विनीता मगैयाले ७६२ र कीर्ति कंसाकारले ३५ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया