सोमबार, वैशाख ८, २०८२

काठमाडौंमा ३,४७७ मतले बालेन अगाडि, स्थापित र सिर्जना पछिपछि !

नेपालखोज २०७९ जेठ २ गते १६:२३
Ballen Keshav Sirjena

काठमाडौं । महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन शाहले ७,३३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित सुरुवातदेखि नै अग्रता बनाउँदै आएका बालेनलाई पछ्याउँदै छन् । स्थापितले ३,८६२ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन ३ हजार चार सय ७७ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३,३५८ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा सुनीता डंगोलले ६,३४६ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १,६९० र राप्रपाका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र सुमन सायमीले २८१ र विवेकशीलकी समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा राप्रपाकी विनीता मगैयाले १३४५ र कीर्ति कंसाकरले ३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया