२१ हजार मतगणना हुँदा बालेन्द्रले कटाए ८ हजार मत, स्थापित र सिंह पछ्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा २१ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ८ हजार ३७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।
स्थापितले ४, २५९ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन तीन हजार ७ सय ७८ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ७०३ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् । स्वतन्त्र सुमन सायमीले २८१ र विवेकशीलकी समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सुनीता डंगोलले ६,३४६ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १,६९० मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले १३४५ र विवेकशील साझाकी कीर्ति कंसाकरले ३५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया