सोमबार, वैशाख ८, २०८२

रेनु मतान्तर बढाउँदै, विजय र जगन्नाथ पछ्याउँदै !

नेपालखोज २०७९ जेठ ३ गते १९:३५

भरतपुर । चितवनको भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये यस महानगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने देशैभर चासो छ ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा रहेकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीभन्दा २८२ मतले अग्रता लिइरहेकी छन् ।

यो समाचार तयार पार्दासम्म रेणुले ७१५६ मत प्राप्त गरेकी छन् । उनलाई एमालेका विजयले पछ्याइरहेका छन् । सुवेदीले ६,८७४ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ३,४७५ मत प्राप्त गरेका छन् । यसैबीच उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी भने ८,६७८ मतले अग्रस्थानमा छन् । उनलाई राप्रपाका हिमला गुरुङले ५,६७२ मत ल्याउँदै पछ्याइरहेकी छन् ।

प्रतिक्रिया