भरतपुरमा मतान्तर बढ्दै, रेणुको ९,९७० मत हुँदा विजयको ८,२५८
नेपालखोज
२०७९ जेठ ४ गते १३:२८

चितवन । चितवनको भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये यस महानगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने देशैभर चासो छ ।
पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् । पछिल्लो मतपरिणामअनुसार उनले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा १,७१२ मतले अग्रता लिइरहेकी छन् ।
यो समाचार तयार पार्दासम्म रेणुले ९,९७० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ८,२५८ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ४,५०४ मत प्राप्त गरेका छन् ।
यसैबीच उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी भने ११,७४० मतले अग्रस्थानमा छन् । उनलाई राप्रपाका हिमला गुरुङले ६,६६८ मत ल्याउँदै पछ्याइरहेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया