सोमबार, वैशाख ८, २०८२

१७,०३१ मतसहित बालेन्द्रको अग्रता कायमै, केशव र सिर्जनालाई १० हजार कटाउनै मुस्किल !

नेपालखोज २०७९ जेठ ४ गते १४:३३

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १७ हजार ३१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनालाई १० हजार मत कटाउन पनि हम्मेहम्मे परेको छ ।

पछिल्लो मत परिणामअनुसार स्थापितले ८,८७८ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन आठ हजार एक सय ५३ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले सात हजार नौ सय ४१ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६६७ र विवेकशीलकी समीक्षा बास्कोटाले ८८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा सुनीता डंगोलले १५ हजार ६७४ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ५,०१५ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३,४४९ र विवेकशील साझाकी कीर्ति कंसाकरले ३९६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रिंकु श्रेष्ठले ६२ मत प्राप्त गरेकी छन् भने नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठले जम्मा २० मत ल्याएकी छन् ।

प्रतिक्रिया