बालेन्द्रले ल्याए १८,०१६ मत, केशव र सिर्जनाले १० हजार पुर्याउनै सकेनन् !

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १८ हजार १६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनालाई १० हजार मत कटाउन पनि हम्मेहम्मे परेको छ ।
पछिल्लो मत परिणामअनुसार स्थापितले ९,३१९ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन आठ हजार ६ सय ९७ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले आठ हजार तीन सय ७२ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६६७ र विवेकशीलकी समीक्षा बास्कोटाले ९७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सुनीता डंगोलले १५ हजार ६७४ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ५,०१५ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३,४४९ र विवेकशील साझाकी कीर्ति कंसाकरले ३९६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रिंकु श्रेष्ठले ६२ मत प्राप्त गरेकी छन् भने नेपाल मजदुर किसान पार्टीकी सविता श्रेष्ठले जम्मा २० मत ल्याएकी छन् ।
प्रतिक्रिया