सोमबार, वैशाख ८, २०८२

२२१ पालिकामा कांग्रेसको झन्डा फरर, पछ्याउँदै एमाले र माओवादी

नेपालखोज २०७९ जेठ ४ गते १९:२०

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २२१ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म ९५ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १४३ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ५६ पालिकामा भने एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ९५ पालिका प्रमुखमा जित निकालेको छ भने २४ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले नौवटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने ११ पालिकामा अग्रस्थानमा छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले नौ पालिका प्रमुख जित निकालेको छ भने २५ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा १० स्थानको पालिका प्रमुखमा अगाडि छ ।

प्रतिक्रिया