भरतपुर महानगर : दाहाललाई २,३८५ मतकाे अग्रता, सुवेदीले कति ल्याए ?
नेपालखोज
२०७९ जेठ ४ गते २२:२०

चितवन । चितवनको भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये यस महानगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने देशैभर चासो छ ।
पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् । पछिल्लो मतपरिणामअनुसार उनले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा दुई हजार ३८५ मतले अग्रता लिइरहेकी छन् ।
यो समाचार तयार पार्दासम्म रेणुले १२,३५२ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ९,९६७ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ५,३५५ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया