सोमबार, वैशाख ८, २०८२

ओलीको गृहनगर दमकमा १४,५७० मतसहित राप्रपाका थापाको अग्रता, उपमेयरमा एमाले अगाडि

नेपालखोज २०७९ जेठ ५ गते १६:०८

झापा । दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापाले अग्रता कायमै राखेका छन् । उनले यो समाचार तयार पारुन्जेल १४,५७० मत ल्याएका छन् । एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३,७०० मत ल्याएकी छन् ।

राप्रपाका थापा एमालेकी गीताभन्दा ८७० मतले अगाडि छन् । स‍ंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका थमबहादुर लिम्बूले २१५ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका पवन विष्टले ४१ र मंगोल नेसनल अर्गनाइजेसनका दीपेशकुमार राईले ५२ मत प्राप्त गरेका छन् ।

यसैबीच उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराई अगाडि छन् । उनले १३,९८१ ल्याएकी छन् । एमालेका अम्बिकाप्रसाद खनालले १३,५३६ मत ल्याएर दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया