काठमाडौं महानगर मतगणना : स्थापितभन्दा बालेन ११ हजार ९२८ मतले अगाडि

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले २५ हजार ४२७ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै !’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।
पछिल्लो मत परिणामअनुसार स्थापितले १३ हजार ४९९ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन ११ हजार ९२८ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४०१ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १७१९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १११२ र विवेकशीलकी समीक्षा बास्कोटाले १८६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सुनीता डंगोलले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८,५९१ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३४४९, स्वतन्त्र उम्मेद्वार बेन्जीसिंह महर्जनले २,०७१, विद्या श्रेष्ठ (महर्जन) ले १३६५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया