धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेद्वार कांगेसभन्दा दोब्बर मतले अगाडि
हमालले १९,१४७ मत ल्याउँदा कांग्रेसका नृपबहादुरको ९,५५७
नेपालखोज
२०७९ जेठ ६ गते ९:३९

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल अगाडि छन् । उनी दलका नेताभन्दा दोब्बर मतले अगाडि छन् । हमालले १९,१४७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ९,५५७ मत प्राप्त गरेका छन् । हमाल वडभन्दा दोब्बर मतले अघि छन् ।
एमालेका रणबहादुर चन्दले ४,६६४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरीले ३५२ मत प्राप्त गरेका छन् ।यसैबीच, उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमार अधिकारी क्षेत्री अग्रस्थानमा छिन् । उनले ८,८१५ मत प्राप्त गरेकी छन् । कन्दकलाकुमारी रानाले ८,१४१ मत प्राप्त गरेकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेद्वार प्रभाकर भण्डारीले ५,०३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्तले २,७१४ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया