धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार अघिअघि कांग्रेस उम्मेद्वार पछिपछि
स्वतन्त्र हर्कराजको ९,२९५ हुँदा कांग्रेसका किशोरको ९,०२२
नेपालखोज
२०७९ जेठ ६ गते १०:०८

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई ९,२९५ मतका साथ अग्रस्थानमा छन् । उनले ९,२९५ मत ल्याएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राई दोस्रो स्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार उनले ९,०२२ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेकी मन्जु भण्डारी ७,२८८ मतका साथ तेस्रो स्थानमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशकुमार शाक्यले ३७ मत ल्याएका छन् । यसैबीच, उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १०,१६९ मत ल्याएका छन् । एमालेका पदमप्रसाद लिम्बुले ९,७३६ मत ल्याएका छन् भने राप्रपाकी पुन्यमाया राईको २३५ मत छ ।
सम्बन्धित
प्रतिक्रिया