२९४ पालिकामा कांग्रेसको झन्डा, एमाले र माओवादी पछिपछि

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २९४ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।
यो समाचार तयार पार्दासम्म २९ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १८२ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । १९ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।
माओवादी केन्द्रले ११२ पालिका प्रमुखमा जित निकालेको छ भने १२ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने ५ पालिकामा अग्रस्थानमा छ ।
जनता समाजवादी पार्टीले २० प्रमुख पद जितेको छ भने १२ स्थानमा अगाडि छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । यस्तै लोसपा आठ स्थानमा जित हासिल गरेको छ भने आठ स्थानको पालिका प्रमुखमा अगाडि छ । अन्य दल तथा स्वतन्त्र उम्मेद्वार गरी २७ वटा प्रमुखमा विजयी हासिल गरेका छन् भने ६ प्रमुखमा अग्रता लिइरहेका छन् ।
यस्तै उपमेयरमा कांग्रेसले २६७, एमालेले २०४, माओवादी ११९, जनता समाजवादी २२ र लोकतान्त्रिक समाजवादी पार्टीले आठ, एकीकृत समाजवादीले २१, अन्य दल तथा स्वतन्त्र उम्मेद्वारले १५ पालिकाको उपप्रमुखमा जित हासिल गरेका छन् ।
प्रतिक्रिया