विदुरको मेयरमा कांग्रेस, उपमेयर माओवादी !
नेपालखोज
२०७९ जेठ ७ गते ९:०७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उम्मेद्वादरले जित हासिल गरेका छन् । विदुर नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उम्मेद्वार राजन श्रेष्ठ १५,८२६ मत ल्याई विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत विदुर नगरपालिकाको मेयरमा जित हासिल गर्ने श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार सन्जु पण्डितलाई ३,६७२ मतान्तरले पराजित गरेका हुन् । पराजित सन्जुले १२,१५४ मत मात्र ल्याउन सफल भइन् ।
यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेद्वार प्रभा बोगटी १२,८६० मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेद्वार अम्बिका नेपालले ११,९९५ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया