मंगलबार, वैशाख ९, २०८२

धनगढीमा स्वतन्त्र उम्मेद्‌वार हमालले ल्याए २२,५४१ मत, कांग्रेसका बडको ११,५४४

नेपालखोज २०७९ जेठ ७ गते १२:३३

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल अगाडि छन् । उनी दलका नेताभन्दा दोब्बर मतले अगाडि छन् । हमालले २२,५४१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर बडले ११,५४४ मत प्राप्त गरेका छन् ।

मेयरमा एमालेका रणबहादुर चन्दले ६,४२३ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरीले ६८० मत प्राप्त गरेका छन् ।

यसैबीच, उपमेयरमा नेकपा एमालेकी कन्दकलाकुमारी रानाले १०,८८० मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी शान्तिकुमार अधिकारी क्षेत्रीले १०,७०२ मत प्राप्त गरेकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेद्वार प्रभाकर भण्डारीले ६,००० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्तले २,८८४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया