धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई विजयी
नेपालखोज
२०७९ जेठ ७ गते १४:११

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई विजयी भएका छन् । उनले १४,१८३ मत ल्याउँदै विजयी भएका हुन् । गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राई दोस्रो बने । किशोरले भने ११,९९८ मत प्राप्त गरे ।
यस्तै मेयरमै नेकपा एमालेकी मन्जु भण्डारीले ९,७३५ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशकुमार शाक्यले १,१७९ मत ल्याएका छन् ।
यसैबीच, उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १४,१४८ मत ल्याएका छन् । एमालेका पदमप्रसाद लिम्बूले १३,१८३ मत ल्याए । राप्रपाकी पुण्यमाया राईको १७२२ मत र स्वतन्त्र दत्तकुमार लिम्बूले २४७८ मत ल्याए ।
सम्बन्धित
प्रतिक्रिया