५,८१४ मतान्तरले रेणु अघिअघि, पछ्याउँदै विजय
नेपालखोज
२०७९ जेठ ७ गते १८:३०

चितवन । भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये भरतपुरको नेतृत्व कसको हुने भन्ने देशैभर चासो छ । पछिल्लोे मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् ।
रेणुले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ५,८१४ मतले अग्रता लिइरहेकी छन् । यो समाचार तयार पार्दासम्म रेणुले २९,६७५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले २३,८६१ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १०,४२४ मत प्राप्त गरेका छन् ।
यसैबीच उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी भने ३२,०५२ मतले अग्रस्थानमा छन् । उनलाई राप्रपाका हिमला गुरुङले १८,४९४ मत ल्याउँदै पछ्याइरहेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया