सोमबार, वैशाख ८, २०८२

चिरिबाबु २७,२४२ Vs हरिकृष्ण १५,९८३ !

नेपालखोज २०७९ जेठ ७ गते २१:४९

ललितपुर । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्‌वार चिरिबाबु महर्जनले २७,२४२ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।

नेकपा एमालेका उम्मेद्‌वार हरिकृष्ण व्यञ्जनकारले १५,९८३ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका अष्टबहादुर महर्जनले भने २,६१० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले अग्रता कायमै राखेकी छन् । उनले १५,७६५ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्‌वार बाबुराज वज्राचार्यले १०,८३४ मत ल्याएका छन् भने राप्रपाकी स्वर्णीमा शाक्यले ४,५९७ मत ल्याएकी छन् ।

प्रतिक्रिया