मंगलबार, वैशाख ९, २०८२

पाँचखालमा गठबन्धनको अग्रता

नेपालखोज २०७९ जेठ ८ गते ११:२६

बनेपा । काभ्रेको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उनले नौ हजार ९३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कञ्चन अधिकारीले छ हजार ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतमले सात हजार १५८ मत प्राप्त गरेको छ भने एमालेका सूर्यमाया दनुवारले ६ हजार ९५१ मत प्राप्त गरे । मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल,सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दंगाल र सञ्जय तामाङ , वडा नं ५ मा एमालेका सीताराम ढुंगाना, वडा नं ६ मा नेकपा एकीकृत समाजवादीका रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी भएको छ । १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको मतगणना जारी छ ।

यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गरेको छ । सो वडामा पुनः दोहोर्‍याएर मतगणना गरिएको थियो ।-रासस

प्रतिक्रिया