मंगलबार, वैशाख ९, २०८२

३६,५३० मतसहित रेणु अघिअघि, विजयको २८,६२३

नेपालखोज २०७९ जेठ ८ गते १२:२१

चितवन । भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये भरतपुरको नेतृत्व कसको हुने भन्ने देशैभर चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् ।

रेणुले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ७,९०७ मतले अग्रता लिइरहेकी छन् । यो समाचार तयार पार्दासम्म रेणुले ३६,५३० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले २८,६२३ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १२,०३० मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३८,६५५ मतसहित अग्र स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २२,६०२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया