मंगलबार, वैशाख ९, २०८२

पोखरा : धनराजको मत ४० हजार नाघ्यो, एमालेका कृष्णबहादुर ३,२६० ले पछि

नेपालखोज २०७९ जेठ ८ गते १३:२०

पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ३,२६० मतले अघि छन् । आचार्यलेले हालसम्म ४० हजार ४३४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।

यसैगरी प्रमुखका प्रत्याशी नेकपा (एमाले) का कृष्णबहादुर थापा ३७ हजार १७४ मत प्राप्त गरी आचार्यलाई पछ्याइरहेका छन् । यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेद्वार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४२ हजार ३१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४० हजार ७०४ मत ल्याएकी छन् ।

प्रतिक्रिया