मंगलबार, वैशाख ९, २०८२

वीरगन्ज : मेयरमा सिंह १५,८९५ र उपमेयरमा आलम १७,२५४ मतान्तरले अघि

नेपालखोज २०७९ जेठ ८ गते १४:१२

वीरगन्ज । मधेश प्रदेशको वीरगन्ज महानगरपालिकामा मतगणना जारी छ । महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहको अग्रता कायमै छ । उनले यो समाचार तयार पार्दा मतसंख्या तथा मतान्तर पनि बढाउँदै लगेका छन् ।

सिंह अहिले ३३,३१५ मत ल्याएर अग्रस्थानमा छन् । एमालेका विजयकुमार सरावगी सिंहभन्दा निकै पछाडि छन् । सरावगीले १७,४२० मत प्राप्त गरेका छन् ।

पछिल्लो परिणामअनुसार उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम अगाडि छन् । उनी १७,२५४ मतको अन्तरमा अग्रस्थानमा देखिएका हुन् । आलमले २२,८१३ मत प्राप्त गरेका छन् ।

उपमेयरमै लोसपाका पुरुषोत्तमलाल झा कांग्रेसका आलमभन्दा धेरै मतान्तरमा पछाडि छन् । उनले ५,५५९ मत प्राप्त गरेका छन् । राप्रपाकी बिना जैसवालले ४,३०१ र स्वतन्त्र रम्भा मिश्राले ३,१६८ मत ल्याएकी छन् ।

प्रतिक्रिया