बालेनको मत ५५ हजार ७७७ पुग्यो, मतगणना अन्तिम चरणमा पुग्दै
नेपालखोज
२०७९ जेठ ११ गते ११:२६

काठमाडौं । महानगरपालिकाको मतपरिणाम सकिँनै लाग्दा बालेनले अझ अग्रता अझ बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ५५ हजार ७७७ मत पुर्याएका छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।
केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ६०८ मत ल्याउँदै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका स्थापित ३४ हजार ६२६ मतका साथ तेस्रो स्थानमा छन् ।
सम्बन्धित
प्रतिक्रिया