अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण
नेपालखोज
२०७६ फागुन ३० गते १४:४८
काठमाडौँ । अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।
उनलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराएको र कोरोना भाइरस पोजेटिभ देखिएको सिड्नीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार रहेका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गरेको त्यहाँका राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया