नेप्से २,२२३ अंकमा, सातामा ५ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । यो साता नेप्से २२ सय २३ दशमलव ७८ अंकमा अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ३३ दशमलव सात अंकमा पुगेर रोकिएको छ ।
सातामा कुल २२६ कम्पनीको सातामा एक लाख १२ हजार नौ सय ५८ पटकको कारोबारमा एक करोड ६१ लाख ७८ हजार एक सय ४४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट पाँच अर्ब ६९ करोड १७ लाख १४ हजार एक सय ७२ रुपैयाँबराबरको रकम कारोबार भएको छ । यो कारोबार रकम गत साताको भन्दा केही बढी हो ।
गत साता भने नेप्से दुुई सय २७ कम्पनीको एक लाख तीन हजार तीन सय ४६ पटकको कारोबारमा एक करोड ३० लाख ७५ हजार एक सय ९२ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता पाँच अर्ब २० करोड ३६ लाख चार हजार ६ सय १९ रुपैयाँबराबरको रकम कारोबार हुन पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुला थियो । सोमध्ये पहिलो र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन नेप्से बढेको थियो ।
जसमध्ये पहिलो दिन ३४ दशमलव २१ अंकले घटेर २२ सय दशमलव ८८ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पुनः १५ दशमलव ८२ अंकले घटेर २२ सय २३ दशमलव ७८ अंकमा कायम हुन पुगेको थियो ।
यसबीचका दिनहरूमा भने नेप्से लगातार रूपमा बढेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन पाँच दशमलव ६९ अंंकले घटेर चार सय २९ दशमलव पाँच अंकमा सीमित रहेकामा अन्तिम कारोबार दिन पनि पुनः तीन दशमलव चार अंंकले घटेर चार सय ३३ दशमलव सात अंकमा खुम्चिएको थियो । यसबीचका दिनहरूमा भने सेन्सिटिभ इन्डेक्स पनि बढेको थियो ।
यो साता अरुण कावेली पावर लिमिटेड, नेसनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।
यसैगरी बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
प्रतिक्रिया